ओलम्पिकमा ‘ट्रिपल ट्रिपल’ स्वर्ण

काठमाडौँ  । तीव्र गतिका धावक उसेन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् । यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्ण अर्थात ‘हृयाट्रिकको हृयाटि्रक’ कीर्तिमान बनाएका छन् ।

बोल्टको प्रेरणामा जमैकाले शनिबार रियो ओलम्पिकको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको छ । दौड पुरा गर्न जमैकाको टोलीलाई ३७.२७ सेमेण्ड समय लागेको थियो ।

रियो ओलम्पिकमा बोल्टले १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका छन् । सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा पनि बोल्टले तीन वटै स्पर्धामा स्वर्ण जितेका थिए ।