‘बेस्ट प्लेयर ईन युरोप’ उपाधि घोषणा आज , को हुन् प्रमुख दाबेदार ?

काठमाडौँ । यूएफाले  ‘बेस्ट प्लेयर ईन युरोप’ उपाधिको घोषणा आज गर्दै छ । च्यामिपयन्स लिगमा छनोट भएका ३२ क्लबको ग्रुप स्टेज ड्र को लागि हुने बिशेष कार्यक्रममा युरोपको उत्कृष्ट खेलाडीको समेत घोषणा हुन लागेको हो ।

उपाधिका लागि  पोर्चुगलका  क्रिस्टियानो रोनाल्डो, वेल्सका गारेथ बेल र फ्रान्सका करिम एन्टोनी ग्रिजमन प्रतिस्पर्धामा छन्।   फ्रान्सको मोनाकोमा बेलुका ६ बजे हुने उक्त कार्यक्रम नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ। कसले जित्ला उपाधि ? सन् २०१४/१५ को उपाधि अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले जितेका थिए तर यस पटक भने उनी अन्तिम ३ मा पर्न सकेनन ।

अन्तिम ३ मा परेका खेलाडी मध्ये कसको प्रदर्शन कस्तो ? ग्यारेथ बेल  रियल म्याड्रिडका फरवार्ड बेलले ला लिगामा गत सिजन १९ गोल तथा १० असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा उनले ७ गोल तथा ३ असिस्ट गर्दै रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए  ।

युरो कपमा उनले ६ खेलमा ३ गोल तथा ए असिस्ट गर्दै वेल्सलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपुर्ण भूमिका खेले । पहिलो पटक डेब्यु गरेको वेल्स सेमीफाइनलसम्म पुग्न सफल भएको थियो ।  चोटका कारण उनले ला लिगाको धेरै खेलहरु खेल पाएनन् । यसै कारण रोनाल्डो भन्दा उनको गोल केहि कम छ ।

एन्टोनी ग्रिजमन एटलेटिकोका स्टार खेलाडी ग्रिजमनको ला लिगामा गत सिजन २२ गोल तथा ३ एसिस्ट छ । च्याम्पियन्स लिगमा उनले ७ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्यांउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  फाइनलमा एटलेटिको रियल म्याड्रिडसंग पराजित  भएको थियो।  युरो कपमा ग्रिजमनको प्रदर्शन झन् राम्रो थियो । उनले ६ गोल गर्दै उत्कृष्ट खेलाडीको उपाधि समेत पाए । तर उनको टोली फ्रान्स फाइनलमा पोर्चुगलसंग पराजित हुदै उप  बिजेता मै सिमित भएको थियो ।

रोनाल्डो  रोनाल्डोले ला लिगामा रियल म्याड्रिडका लागि ३५ गोल तथा ११ एसिस्ट गरे । च्याम्पियन्स लिगमा उनले सर्बाधिक १६ गोल गर्दै टोलीलाई उपाधि समेत दिलाए । युरो कपमा उनले ३ गोल गर्दै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।

रोनाल्डोले यस सिजनमा पोर्चुगललाई युरोकपको उपाधि, रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलकाले रोनाल्डो ‘बेस्ट प्लेयर ईन युरोप’ का प्रबल दाबेदार हुन् । ला लिगामा उनको टोली बार्सिलोना भन्दा केवल १ अंक पछि पदी दोस्रो भएको थियो ।