१७२ औ म्यानचेस्टर डर्बीमा मोरिन्ह्वो र गार्डिवलाको रोचक भिडन्त

काठमाडौँ  । जारी इंगलिस प्रिमियर लिग सिजनको पहिलो म्यानचेस्टर डर्बी आज शनिबार हुदै छ । म्यानचेस्टर डर्बी  लिगको दुई चर्चित क्लबहरु म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको खेल हो  ।

यस सिजन दुवै क्लबहरुले नयाँ प्रशिक्षक पाएका छन्  । सिटीका प्रशिक्षक बार्सिलोनाका पुर्व प्रशिक्षक पेप गार्डिवला छन् भने युनाईटेडका प्रशिक्षकमा जोसे मोरिन्हो छन्  । फुटबलमा यी दुईको सम्बन्ध मित्र भन्दा पनि दुश्मनको झैँ चित्रण गर्ने गरिएको छ  । कारण मोरिन्हो रियल म्याड्रिड र पेप बार्सिलोनाको प्रशिक्षक हुँदा यी दुईको सम्बन्ध राम्रो रहेन । मोरिन्हो इन्टर मिलनमा रहंदा पेप बार्सिलोना कै प्रशिक्षक थिए  । त्यस समय पनि यी  दुई बीच कटुतापूर्ण सम्बन्ध रह्यो  । रोचक कुरा के छ भने सन् १९९६ देखि २००० सम्म यी दुई बार्सिलोनामा आबद्द थिए , जहाँ मोरिन्हो प्रशिक्षकको भूमिकामा थिए भने पेप खेलाडीको  ।

त्यस पछि भने यिनको सबन्ध राम्रो छैन  । खेलको समयमा हात मिलाउन पर्दा पनि यी दुई अर्कै तर्फ फर्केर हात मिलाउथे  ।  कटु सम्बध भएपनि यी दुईको प्रदर्शनमा भने प्रतिष्पर्धात्मक छ  । पेपले कुल २१ ट्रफी जितेका छन् भने मोरिन्होले २२ ट्रफी जितेका छन्  ।  म्यानचेस्टर डर्बी  हालसम्म १७१ म्यानचेस्टर डर्बी भएका छन्  । जसमा म्यानचेस्टर युनाईटेडले बाजी मार्दै आएको छ  । युनाईटेडले १७१ मध्ये ७१ खेल जितेको छ भने सिटीले ४९ खेल मात्र जितेको छ  । बाँकी ५१ खेल भने बराबरीमा सकिएका थिए  ।

आजको खेलमा सिटीका स्ट्राइकर सर्जियो अग्वेरो ३ खेल निलम्बनका कारण मैदना उत्रने छैनन्  । उता युनाईटेडलाई पनि खेलाडी छनौटमा समस्या परिरहेको छ । मोरिन्होका फस्ट च्वाइस डिफेन्डर अन्तर्राष्ट्रिय ड्युटीमा छन् त् उनी फर्कन ढिलो हुने बताईएको छ ।

यस सिजन खेलाडी भित्राउन ठुलो रकम खर्चेको युनाईटेडले महत्वपूर्ण डर्बी खेलमा कस्तो प्रदर्शन गर्ला त्यो भने हेर्न बाँकी छ । खेल नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।