अष्ट्रेलियाले श्रीलंकाकै भूमिमा तोड्यो श्रीलंकाको विश्व किर्तिमान

काठमाडौँ  । अस्ट्रेलियाले टि – ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नयाँ किर्तिमान बनाएको छ। मंगलबार राती श्रीलंकाको पल्लेकेला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंका बिरुद्द २ सय ६३ रन जोड्दै नयाँ किर्तिमान रचेको हो।  टस हारेर पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ६३ रन जोड्यो।

अष्ट्रेलियाका लागी ओपनर ब्याट्सम्यान म्याक्सवेल ६५ बलमा १४८ रन सहित अविजित रहे। त्यस्तै ट्राबिस हेडले ४५, उस्मान ख्याज्वाले ३६ तथा वार्नरले २८ रन जोडे। श्रीलंकाको लागी थिसरा परेरा, सचिथ पथिराना र सचित्रा सेनानायाकेले एक एक विकेट लिए । अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ६४ रनको बिशाल स्कोर पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा मात्र १ सय ७८ रन जोड्न सफल बन्यो। श्रीलंकाको लागी दिनेश चण्डीमालले ५८, चमेरा कपुगेदेराले ४३ तथा कुशल मेन्डिसले २२ रन जोडे। बाँकी खेलाडीले राम्रो प्रदशन गर्न नसक्दा श्रीलंकाली टोलि घरेलु मैदानमा अष्ट्रेलियासंग ८५ रनको भारी अन्तरले पराजित भएको हो।

अष्ट्रेलियाका मिथेल स्टार्क र स्कट बोलान्डले समान ३ – ३ विकेट लिए । पहिलो टि ट्वान्टीको जितसंगै अष्ट्रेलियाले २ खेलको सिरिजमा १ – ० ले अग्रता लिएको छ ।  दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ । श्रीलंका भ्रमणमा रहेको अष्ट्रेलियाले यसअघि घरेलु टोलीबिरुद्धको एकदिवसीय क्रिकेट पनि जितेको थियो । यस अघि श्रीलंकाले केन्या बिरुद्द टी-२० खेलमा २६० रन जोडेर विश्व किर्तिमान बनाएको थियो। श्रीलंका टोलिको उक्त किर्तिमान अस्ट्रेलियाले उसकै घरेलु मैदानमा तोड्न सफल बनेको छ।