बाहिरियो प्रिमियर लिग बिजेता लेस्टर सिटी

काठमाडौँ । प्रिमियर लिग बिजेता लेस्टर सिटी लिग कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ।  मंगलबार राति भएको   खेलमा चेल्सीसंग ४-० पराजय बेहोरेसंगै लेस्टर बाहिरिएको हो ।

 निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा चेल्सीले थप दुई गोल गर्दै जित पक्का गर्यो ।  चेल्सीको जितमा सेस फाब्रिगासले दुई तथा ग्यारी काहिल र इसार एपिलिक्वेटाले एक एक गोल गरे । लिसेस्टरका शिन्जी ओकाजाकीले दुई गोल गरे । जित संगै चेल्सीले चौथो चरणमा स्थान बनाएको छ  । चेल्सी संगै आर्सनल र लिभरपुल पनि चौथो चरणमा प्रवेश गरेका छन् ।

आर्सनलले नोटिङहम फरेस्टलाई ४–० ले हरायो भने लिभरपुलले डर्बीलाई ३–० ले हरायो ।  त्यस्तै  प्रेस्टन , रिडिङ , नर्विच, लिड्स र  न्युक्यासल युनाईटेड पनि अन्तिम १६ मा प्रवेश  गरेका छन् ।